विवादित न्यायाधीश, प्रहरी प्रमुख र प्रधानमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको निर्णय

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १२:१२ | Nov 2, 2026
विवादित न्यायाधीश, प्रहरी प्रमुख र प्रधानमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको निर्णय


काठमाडौं। नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटासँग नाम जोडिएका न्यायाधीशको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ।

GBIME
Tata

सिंहदरवारमा सोमबार बसेको कांग्रेसको संसदीय दलको बैठकले छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले बताए। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन पनि कांग्रेसको माग छ।

‘संसद् बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ,’ उनले भने।

इनम सापकोटासँग न्यायाधीश हरि फुयाल, प्रधानन्याधीश मनोजकुमार शर्मा, प्रधानमन्त्री बालेन्द्र शाह र प्रहरी महानिरीक्षक दानबहादुर कार्की जोडिएको भन्दै सरकारी निकायबाट छानबिन हुन नसक्ने निचोड कांग्रेसले निकालेको हो।

‘सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा विश्वास छैन,’ कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भनिन्।

दलको बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरू स्वतन्त्र र स्वायत्त राख्ने विषयमा पनि छलफल भएको छ।