सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ वृद्धि, चाँदीको मूल्य पनि उकालो

बिजमाण्डू
२०८३ कात्तिक १६ गते ११:५९ | Nov 2, 2026
सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ वृद्धि, चाँदीको मूल्य पनि उकालो


काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य सोमबार तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो।

GBIME
Tata

आइतबार सुनको मूल्य प्रति तोला २ लाख ७४ हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन शुक्रबार प्रति तोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ। चाँदी शुक्रबार प्रति तोला ३ हजार ६५० रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३९१३.०३ डलर र चाँदीको भाउ प्रति औंस ५०.२८ डलर छ।