त्रिवेणी समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग, दुई करोड ११ लाखको चेक हस्तान्तरण



बिजमाण्डू
२०८३ भदौ १२ गते २१:४७ | Aug 28, 2026
त्रिवेणी समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग, दुई करोड ११ लाखको चेक हस्तान्तरण


काठमाडौं। व्यावसायिक घराना त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। 

Vigo
GBIME
Tata

रसुवा बाढीपछि सरकारले गरेको आह्वानमा विभिन्न व्यावसायिक कम्पनीहरूले सहयोग उपलब्ध गराइरहेका छन्। त्रिवेणी समूहका अध्यक्ष सुभाषचन्द्र संघईले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रबार हस्तान्तरण गरेका छन्। 

कार्यक्रममा कम्पनीका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा साकेत संघईको समेत उपस्थिति रहेको थियो। 

सहयोगले प्रभावित नागरिकहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ।