‘नेपाली क्षेत्रमा केही बाँकी छैन, भन्सार यार्डबाट ५०० बढी गाडी पनि बगायो’



बिजमाण्डू
२०८३ भदौ १० गते १०:३३ | Aug 26, 2026
‘नेपाली क्षेत्रमा केही बाँकी छैन, भन्सार यार्डबाट ५०० बढी गाडी पनि बगायो’


काठमाडौं । रसुवामा गएको बाढीले भन्सार क्षेत्रमा ठूलो क्षति पुगेको छ। भन्सार कार्यालयमा राखेको गाडी र अन्य सामानहरु सबै बगाएको छ।

Vigo
GBIME
Tata

नेपालको भन्सार क्षेत्रमा करिब ५०० भन्दा धेरै सवारीसाधनहरु रहेका भन्सार प्रमुख अधिकारी राजेन्द्र ढुंगानाले बताए। नाइमा र नाडा अटो शोका लागि भनेर ल्याइएका गाडीहरु त्यहाँ थिए। बिवाइडी, एमजी, वुलिङ, ओमोडा एण्ड जेको, नामी जस्ता गाडीहरु यही रुट हुँदै नेपाल भित्रिने गर्छन्।

‘माथिबाट आएको बाढीले नेपालको क्षेत्रमा केही पनि बाँकी छैन। चीन तिर भएको भन्सर केही भएको छैन भन्ने सूचना आएको छ। माथिबाट गत वर्ष आएको बाढी जस्तै अहिले पनि आएको छ। ताल नै फुटेको र पहिलेको भन्दा धेरै म्याग्नुच्युट बढेर आएको छ,’ ढुंगानाले भने।

उनले भन्सार क्षेत्रमा रहेका सामानको यकिन तथ्यांकबारे यकिन गर्ने अवस्था नरहेको बताए।

‘नेपालको क्षेत्र तर्फ सामान केही पनि बाँकी छैन,’ ढुंगानाले भने।

चीनको बाटो बन्द भएपछि धेरै व्यवसायीहरुले यही रुट हुदै सवारीसाधन ल्याउने गरेका थिए। त्यसमा पनि नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो लक्षित गरिएका गाडीहरु पनि धेरै रहेका छन्। यस अघि दुई वर्ष अगाडि पनि यस्तै बाढी आएर नयाँ गाडीसहित अन्य सामानहरु पनि बगाएको थियो। त्यसपछि बेलिब्रिज हालेर नाका संचालनमा ल्याइएको थियो। तर अब भने नेपाल पट्टिको कुनै पनि संरचनाहरु नरहेको ढूंगानाले बताए। यस्तै रसुवामा रहेका खोला नजिकका बेत्रावती बजारहरु सबै बगाएका छन्। त्रिशुलिमा रहेका पुलहरु एउटै बाकी छैनन्।