पृथ्वी राजमार्ग तेस्रो दिनमा आयो सञ्चालनमा, बाढीले थुपारेको लेदो पन्छाइएपछि चल्न थाले गाडी



बिजमाण्डू
२०८३ भदौ १२ गते १९:३८ | Aug 28, 2026
पृथ्वी राजमार्ग तेस्रो दिनमा आयो सञ्चालनमा, बाढीले थुपारेको लेदो पन्छाइएपछि चल्न थाले गाडी


काठमाडौं। चीनबाट आएको बाढीको असरस्वरुप लेदोले भरिएर बन्द भएको पृथ्वी राजमार्ग तीन दिनको प्रयासपछि सञ्चालनमा आएको छ।

Vigo
GBIME
Tata

गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाइएपछि पृथ्वी राजमार्ग शुक्रबार साँझबाट सञ्चालनमा आएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाइएको र राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको बताएका छन्।

राजमार्ग बन्द भएपछि काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति रोकिएको थियो। जसका कारण काठमाडौंको ‘लाइफलाइन’को रुपमा रहेको राजमार्गको लेदो हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक विभागको टोली परिचालन गरिएको थियो। 

बिहीबार गल्छी र बैरेनीको केही भागमा सडक खुलाएकामा शुक्रबार बिहानैदेखि १० वटा एक्साभेटर प्रयोग गरेर लेदो हटाइएको हो। बुधबारको बाढीले लेदो थुपारेपछि नागढुंगा नाकाबाट सवारीसाधन जान दिइएको थिएन। लेदो जमेका कारण राजमार्गमा सवारीसाधन अलपत्र परेका थिए।

धादिङको गलौदीदेखि बैरेनीसम्मको १३ किलोमिटर सडकमा ४ फिटभन्दा बढी लेदो थुप्रिएका कारण पन्छाउन समय लागेको नेपाल प्रहरीका एसएसपी होविन्द्र बोगटीले बताए।