काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो।
बैंकका पदाधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।










