बाँधमा बाढी पसेर क्षति पुर्‍याएपछि असार २८ गतेदेखि रेलेखोला जलविद्युत् आयोजना बन्द

बिजमाण्डू
२०८३ असार ३१ गते ०८:१० | Jul 15, 2026
बाँधमा बाढी पसेर क्षति पुर्‍याएपछि असार २८ गतेदेखि रेलेखोला जलविद्युत् आयोजना बन्द
तस्बिर : रासस


म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।

GBIME
Tata

आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ। बाढीले बाँधमा क्षति पुर्‍याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ।

गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रासस