दीर्घायूकुमार श्रेष्ठले गरे प्राधिकरणका उपकार्यकारीसहित निर्देशकको जिम्मेवारी हेरफेर



बिजमाण्डू
२०८३ असार २५ गते १६:३७ | Jul 9, 2026
दीर्घायूकुमार श्रेष्ठले गरे प्राधिकरणका उपकार्यकारीसहित निर्देशकको जिम्मेवारी हेरफेर


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले व्यवस्थापकीय नेतृत्व सम्हालिरहेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

Tata
GBIME
Nepal Life

श्रेष्ठले बुधबार उपकार्यकारी सहित विभिन्न निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। राजन ढकाललाई वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुखको जिम्मेवारी दिइएको छ। उनी हाल प्रसारण सेवा निर्देशनालयको प्रमुख छन्।

ढकालको ठाउँमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझालाई पठाइएको छ। अर्थ निर्देशनालयको प्रमुखमा राजनऋष कँडेललाई पठाइएको छ। सो निर्देशनालयको प्रमुख तुलनाराम गिरीले मंगलबार अवकास पाएका थिए।

यस्तै, प्रशासन प्रमुखमा पदपुर्ति विभागका प्रमुख शिव कुमार अधिकारीलाई ल्याइएको छ। पदपुर्ति महाशाखामा शिव प्रसाद आचार्यलाई पठाइएको छ।

तालिम महाशाखाका मोती महतालाई कानुन विभागमा पठाइएको छ। उनको ठाउँमा तुलसी सापकोटोलाई पठाइएको छ। यस्तै, व्यवसाय विकास निर्देशनालयमा चन्दा न्यौपानेलाई पठाइएको छ।

सचूना प्रविधि विभागको जिम्मेवारी सज्जुन श्रेष्ठलाई दिइएको छ। जनसाधान विभागमा रमेश कुमार घिमिरेलाई पठाइएको छ। घिमिरे हाल कानुन माहाशाखामा सहनिर्देशकको रुपमा कार्यरत छन्।

वितरण तथा ग्राहक सेवा निर्देशनालय विभागको प्रशासन महाशाखा प्रमुखको कार्यभार भगवान ढकाललाई दिइएको छ। त्यस्तै, उत्पादन निर्देशनालयमा प्रशासन महाशाखाका सीताराम हाछेथुलाई पठाइएको छ। प्रसारण निर्देशनालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी जमुनाकुमारी खड्कालाई दिइएको छ। उनी हाल कर्मचारी प्रशासन महाशाखामा छिन्।

प्रसारण निर्दशनालयका निर्देशक केशरराज ओलीलाई भने सामान्य सेवा विभाग पठाइएको छ। शोभा पौडल भुसाललाई प्रशासन महाशाखामा पठाइएको छ।