काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स राजको अन्त्य गर्न सरकारले काम गरिरहेको बताएका छन्।
इप्पानको २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा उनले लाइसेन्स लिने तर निर्माण नगरी बहानाबाझी गर्ने प्रति सरकार निर्मम हुने बताएका हुन्।
‘लाइसेन्स राजको अन्त्य गर्ने नीति सरकारको छ,’ उनले भने।
यस्तै, विद्युत व्यापार, प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रलाई खुला गर्न मार्गप्रशस्त गरिसकेको उनले बताएका छन्।
‘विद्युत व्यापार प्रसारण र वितिरण गर्न हामीले मार्ग प्रशस्त गरिसकेका छौं,’ उनले भने, ‘जलविद्युत विकासको लागि बाधा गरिरहेको कतिपय ऐन कानुन र निर्देशिका सहज गर्न काम पनि गरिरहेका छौं।’ प्र
सारण लाइन र सबस्टेसन निर्माणमा सरकारले प्राथमिकतामा राखेको पनि उनले बताए।











