इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन र बलराम खतिवडाको उम्मेदवारी, साँझ अन्तिम नामावली



बिजमाण्डू
२०८३ जेठ २८ गते १४:३८ | Jun 11, 2026
इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन र बलराम खतिवडाको उम्मेदवारी, साँझ अन्तिम नामावली

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ।शुक्रबार हुने निर्वाचनका लागि बिहीबार विहान ८ देखि ११ बजेसम्म मनोनयन दर्ता समय तोकिएको थियो।

Tata
GBIME
Nepal Life

वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन र बलराम खतिवडाले मनोनयन दर्ता गराएका छन्। हालका उपाध्यक्ष भ्लोन र महासचिव दुवैले प्यानल नै घोषणा गरेकाले प्रतिष्पर्धा चर्को छ।

पाँच उपाध्यक्षका पदका लागि ९ जनाको आवेदन परेको छ। उत्तरकुमार श्रेष्ठ, कुमार खरेल, दीपक पौडेल, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, भरतप्रसाद नेपाल, सुसन कर्माचार्य,  भरतबहादुर खत्री र हिमप्रसाद पाठकले मनोनयन दिएका हुन्।

महासचिवमा टेकनाथ आचार्य र प्रकाशचन्द्र दुलालले उम्मेदवारी दिएका छन्। उपमहासचिवमा कविताको पोखरेलको एकल उम्मेदवारी परेको छ। पाँच सचिव पदका लागि अभिज्ञा मल्ल, इशा श्रेष्ठ.  कृष्णप्रसाद घिमिरे, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई, वीरेन्द्रबहादुर मल्ल र सुमनकुमारी जोशीको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालको आवेदन परेको छ।

सदस्यहरुमा अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, वर्णन लामिछाने, भूषण गुरागाई, मिलन खड्का, बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, सोमनाथ कँडेलको आवेदन परेको छ।

सदस्य महिला पदका लागि ज्योति गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्काले आवेदन दिएका छन्।

उम्मेदवारी उपर दाबीबिरोध, छानबिन गर्ने ३ बजेसम्मको समय दिइएको छ। बेलुका ५ बजेसम्म मनोनयन पत्र फिर्ता लिने समय दिइएको छ। ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ।

टिम उत्तम भ्लोन

वरिष्ठ उपाध्यक्ष : उत्तम भ्लोन लामा

उपाध्यक्षहरुमा : उत्तर कुमार श्रेष्ठ, शुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट, नरेन्द्र वल्लभ पन्त

महासचिव : टीएन आचार्य

उपमहासचिव : कविता पोखरेल

कोषाध्यक्ष : शंकर बस्याल

सचिव : कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजय मोहन भट्टराई

सदस्यहरुमा : अनुप आचार्य, जगत पोखरेल, कदम के. सी., प्रतिमा ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कँडेल, सरिता शाक्य प्रधान

टिम बलाराम खतिवडा

वरिष्ठ उपाध्यक्ष : बलराम खतिवडा

उपाध्यक्ष : भरत नेपाल, भरतबहादुर खत्री, कुमार खरेल, सिर्जना खड्का र दीपक पौडेल

महासचिव : प्रकाश दुलाल

सचिव : कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बू, वीरेन्द्रबहादुर मल्ल, संगिता धमला र इशा श्रेष्ठ

सदस्य : सोमनाथ कँडेल, भूषण गुरागाई, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली