मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाखको हकप्रद सेयर जारी गर्न पायो पूर्वस्वीकृति

बिजमाण्डू
२०८२ साउन २८ गते ११:५५ | Aug 13, 2025
मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाखको हकप्रद सेयर जारी गर्न पायो पूर्वस्वीकृति


काठमाडौं। मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

GBIME
Tata

आयोगले ४२ करोड ९४ लाख २४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति दिएको हो।

हाइड्रोपावरले हकप्रद सेयर बिक्रीबाट संकलन गरेको रकम बैंकको ऋण तिर्न प्रयोग गर्ने जनाएको छ। कम्पनीले २.९ मेगावाटको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा लगानी गर्दैछ।

हाइड्रोपावरको अहिले चुक्ता पुँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। आयोगबाट पूर्वस्वीकृति पाए पनि कम्पनीले नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै हकप्रद सेयर निष्कासन गर्न पाउँछ।