मनाङमा जलविद्युत आयोजना निर्माण गर्न एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच सम्झौता

बिजमाण्डू
२०८२ असार ४ गते १२:४१ | Jun 18, 2025
मनाङमा जलविद्युत आयोजना निर्माण गर्न एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच सम्झौता


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्नेबारे सहमति भएको छ।

GBIME
Tata

सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मनाङको नासोँ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्धित परियोजना हो। यो परियोजना दुई वर्षमा सम्पन्न गर्न चिनियाँ ठेकेदारलाई इपीसी मोडलमा ठेक्का लगाइएको छ।

यसबाट उत्पादित विद्युत मनाङको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ। यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता पनि सम्पन्न भइसकेको छ।

यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने बताइएको छ।