उद्योग संगठन मोरङ अध्यक्षमा नन्दकिशोर राठी निर्वाचित, नयाँ कार्य समिति निर्विरोध

बिजमाण्डू
२०८२ जेठ ३१ गते १३:०१ | Jun 14, 2025
उद्योग संगठन मोरङ अध्यक्षमा नन्दकिशोर राठी निर्वाचित, नयाँ कार्य समिति निर्विरोध

विराटनगर। उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्वाचित भएका छन्। संगठनको ५२ औं साधारण सभाले दुई वर्षको कार्यकालका लागि राठीका अध्यक्षतामा कार्यसमितिको निर्विरोध चयन गरेको हो।

Tata
GBIME

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल र प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा छानिएका छन्। त्यस्तै द्वितीय उपाध्यक्षमा विपिन काबरा, तृतीय उपाध्यक्षमा सुबोध कोइराला र कोषाध्यक्षमा पारस लुनियाँ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा र वीरेन्द्र राठी चुनिएका छन्।

संगठनका हालका अध्यक्ष राकेश सुरानाका अनुसार संगठनमा मतदान गर्ने हैसियतका १८३ सदस्य प्रतिष्ठान छन्। कुल १७ सदस्यीय कार्यसमितिमा १४ जनाका लागि शनिवार निर्वाचन भएको हो।

नयाँ कार्यसमितिको बैठकले कार्यसमिति सदस्यका लागि एक महिलासहित कुल ३ जनालाई मनोनीत गर्नेछ।