
काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका विभिन्न सेवामा छुट पाउने भएका छन्।
यस सम्बन्धमा बैंक र एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ। विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता गरेको बैंकले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका छन्।
एसोसिएसनका सदस्यले आफ्ना २७५ वटै शाखामार्फत प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधासहित व्यावसायिक कर्जा, स्टार्टअप कर्जा र क्लिन सोसल कर्जा लिन पाउने तथा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए।