नेपाली समुदायमाथि अष्ट्रेलियामा बढ्दो आक्रमण र धम्की, एनआरएनएले जनायो चिन्ता

बिजमाण्डू
२०८२ असार १ गते ०८:३७ | Jun 15, 2025
नेपाली समुदायमाथि अष्ट्रेलियामा बढ्दो आक्रमण र धम्की, एनआरएनएले जनायो चिन्ता
Photo : news7

काठमाडौं । अष्ट्रेलियामा पछिल्लो समय नेपाली समुदायमाथि आक्रमण बढेको भन्दै गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाले चिन्ता व्यक्त गरेको छ।

Tata
GBIME

संघले बढ्दो अपराधिक घटनालाई नियन्त्रण गर्न र सुरक्षाको प्रत्याभूति गर्न अष्ट्रेलिया सरकार र स्थानीय प्रहरीलाई आग्रह पनि गरेको छ।

सन् २०२५ जुन महिनामा अष्ट्रेलियाको चेरमसाइडमा रहेको श्री गणेश ज्वेलर्स र मे महिनामा लुटवेचीमा रहेको नेपाली मूलका व्यक्तिले संचालन गरेको ज्वेलरी पसलमा लुटपाट भएको थियो। क्विन्सल्यान्डसँगै अन्य सहर र राज्यबाट पनि नेपालीहरु माथि रंगभेदी व्यवहार, धम्की, तोडफोड र लुटपाट भएको पनि संघले जनाएको छ।