जोशी हाइड्रोपावरले २४ करोड १० लाखको हकप्रद सेयर निष्कासन गर्दै, सेबोनले दियो अनुमति

बिजमाण्डू
२०८२ जेठ २६ गते १७:३१ | Jun 9, 2025
जोशी हाइड्रोपावरले २४ करोड १० लाखको हकप्रद सेयर निष्कासन गर्दै, सेबोनले दियो अनुमति


काठमाडौं। जोशी हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न सोमबार स्वीकृति दिएको हो।

Tata
GBIME

हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीको चुक्ता पुँजी अहिले ३७ करोड १४ लाख रुपैयाँ छ।

सेबोनको अनुमति अनुसार हाइड्रोपावरले २४ करोड १० लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ।