
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा जोन्टा क्लब काठमाडौंले जेन गुडअल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा जलवायु परिवर्तन र लैङ्गिक असमानताबीचको महत्वपूर्ण सम्बन्धबारे ध्यानाकर्षण गराउन वृक्षारोपण कार्यक्रम गरेको छ।
वातावरण पूर्वसन्ध्यामा दिगो विकास लक्ष्य ५ को समर्थन गर्दै जोन्टा क्लब काठमाडौँले ललितपुरको ढुंगेधारामा १६५ भन्दा बढी बिरुवा रोपेको हो।
प्रत्येक बिरुवा कल्बका सदस्यहरूले व्यक्तिगत रूपमा प्रायोजन गरेका थिए। आयोजित यस कार्यक्रमको नेतृत्व जोन्टा क्लब काठमाडौँका लैङ्गिक-समान जलवायु कार्यका लागि समिति अध्यक्ष लुजा माथेमा र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि समिति अध्यक्ष मलिका राणाले गरेका थिए। कार्यक्रममा जेजीआएइएन र स्थानीय समुदायका नेतृत्वकर्ताको सहभागिता थियो।