BIZMANDU
www.bizmandu.com

वातावरण दिवसको अवसरमा जोन्टा क्लब काठमाडौंद्वारा ललितपुरको ढुंगेधारामा वृक्षारोपण

२०८२ जेठ २२

वातावरण दिवसको अवसरमा जोन्टा क्लब काठमाडौंद्वारा ललितपुरको ढुंगेधारामा वृक्षारोपण
वातावरण दिवसको अवसरमा जोन्टा क्लब काठमाडौंद्वारा ललितपुरको ढुंगेधारामा वृक्षारोपण


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा जोन्टा क्लब काठमाडौंले जेन गुडअल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा जलवायु परिवर्तन र लैङ्गिक असमानताबीचको महत्वपूर्ण सम्बन्धबारे ध्यानाकर्षण गराउन वृक्षारोपण कार्यक्रम गरेको छ।

Tata
GBIME

वातावरण पूर्वसन्ध्यामा दिगो विकास लक्ष्य ५ को समर्थन गर्दै जोन्टा क्लब काठमाडौँले ललितपुरको ढुंगेधारामा १६५ भन्दा बढी बिरुवा रोपेको हो।

प्रत्येक बिरुवा कल्बका सदस्यहरूले व्यक्तिगत रूपमा प्रायोजन गरेका थिए। आयोजित यस कार्यक्रमको नेतृत्व जोन्टा क्लब काठमाडौँका लैङ्गिक-समान जलवायु कार्यका लागि समिति अध्यक्ष लुजा माथेमा र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि समिति अध्यक्ष मलिका राणाले गरेका थिए। कार्यक्रममा जेजीआएइएन र स्थानीय समुदायका नेतृत्वकर्ताको सहभागिता थियो।