रमण कन्स्ट्रक्सनका संचालक पवन महत्तो पक्राउ, बैंक ग्यारेन्टी रकममा ठगी गरेको आरोप

बिजमाण्डू
२०८२ जेठ २१ गते ११:१४ | Jun 4, 2025
रमण कन्स्ट्रक्सनका संचालक पवन महत्तो पक्राउ, बैंक ग्यारेन्टी रकममा ठगी गरेको आरोप


काठमाडौं । रमण कन्स्ट्रक्सनका संचालक पवन महत्तो पक्राउ परेका छन्। मंगलबार काठमाडौंबाट उनलाई पक्राउ गरिएको हो।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय धनुषाले काठमाडौं जिल्ला प्रहरी परिसरलाई पक्राउ गर्न पत्रचार गरेपछि उनी पक्राउ परेका हुन्। उनलाई काठमाडौं प्रहरीले धनुषा पठाइसकेको छ।

धनुषा प्रहरीले जेठ ६ गते जिल्ला अदालत धनुषाबाट उनीविरद्ध पक्राउ पुर्जी लिएको थियो। रमन कन्स्ट्रक्सन मधेश प्रदेशमा धेरै ठूला सडकको ठेक्कापट्टा गर्दै आएको कम्पनी हो। ठेक्काको विषयमा साझेदरी कम्पनीसँग लफडा भएपछि प्रहरीमा उजुरी आएकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले जानकरी दिए।

‘उहाँको कामको लेनदेनको विषयलमा नियन्त्रणमा लिएको हो,’ एसपी रेग्मीले भने।

रमण र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रा. लि.ले सडक निर्माणको लागि संयुक्त काम गरेका थिए। त्यसै क्रममा रमणले इन्फ्रास्ट्रक्चर कम्पनीलाई ठगि हुने गरि काम गरेकाले उनी विरुद्ध सन्तोष यादवले उजुरी दिएका थिए। बैंक ग्यारेन्टीमा रहेको रकम महत्तो एक्लैले बिना जानकारी झिकेकाले यादवले उजुरी दिएका हुन्।