राइड सेयरिङ नियमावलीबाट पछि हट्यो गण्डकी सरकार, एक महिनाका लागि स्थगन

बिजमाण्डू
२०८२ जेठ २० गते १९:०६ | Jun 3, 2025
राइड सेयरिङ नियमावलीबाट पछि हट्यो गण्डकी सरकार, एक महिनाका लागि स्थगन


काठमाडौं। गण्डकी प्रदेश सरकार राइड सेयरिङ नियमावलीबाट पछि हटेको छ।

Tata
GBIME

केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार गण्डकी सरकार आफूले बनाएको नियमावली कार्यान्वयनबाट पछि हटेको हो।

गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको जानकारी दिए।

यातायात व्यवसायीसँग भएको सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्र मंगलबार गण्डकीको मुख्यमन्त्री कार्यालयमा पुगेको थियो।

केन्द्र सरकारले आफूहरुसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले मंगलबार बस चलाउन अस्वीकार गरेका थिए।

यातायात व्यवसायीले जेठ १९ देखि देशभर सार्वजनिक यातायात ठप्प पारेका छन्। गण्डकी सरकारको निर्णयसँगै अब आन्दोलन फिर्ता लिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले बताए।