
काठमाडौं। सुनको मूल्य लगातार बढ्दै प्रति तोला १ लाख ९० हजारनजिक पुगेको छ। सोमबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँ बढेको हो। गत शुक्रबारका आइतबार ५ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ८८ हजार ८ सय रुपैयाँ भएको थियो।
सोमबार चाँदीको मूल्य पनि बढेको छ। ५ रुपैयाँ बढ्दै कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ कायम भएको हो।यसअघि शुक्रबारका तुलनामा ५ रुपैयाँ बढ्दा आइतबार प्रति तोला १ हजार ९ सय ८५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३३१६.१२ डलर पुगेको छ। आइतबार प्रति औंस ३२८९.८७ डलरले कारोबार भएको थियो। सोमबार चाँदी प्रति औंस ३३.१५ डलर छ।