सार्वजनिक यातायात चलेका छैनन्, यात्रुहरु राइड सेयरिङमा सरर (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ जेठ १९ गते १०:५२ | Jun 2, 2025
सार्वजनिक यातायात चलेका छैनन्, यात्रुहरु राइड सेयरिङमा सरर (तस्विरहरु)


काठमाडौं । यातायात व्यवसायहरुले देशव्यापी आमहड्ताल गरेका कारण आज सार्वजनिक यातायात संचालन हुन सकेको छैन। बस, माइक्रो र टेम्पो संचालन नहुँदा यात्रुहरु मारमा परेका छन्।

Tata
GBIME

काठमाडौं उपत्यकामा पनि बिहानैबाट सार्वजनिक यातायात प्रभावित बन्यो। तर, सार्वजनिक यातायात नचल्दा यात्रुहरु भने गन्तव्यमा पुग्न राइड सेयरिङ एप चलाउन बाध्य भएका छन्।

पहिला जस्तो धेरै हिँडेरै जाने प्रवृत्ति यसपटक सडकमा देखिएन। यात्रुहरु चोक चोकमा पुगेर राइड सेयरिङमा यात्रा गरिरहेका छैन्। बाटोमा पठाओ, इन्ड्राइभ लगायतका एपका राइडरहरुको बाक्लो उपस्थिति देखिन्छ।

गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियामवली २०८२ मा निजी सवारी साधनलाई भाडामा संचालन गर्ने गरि व्यवस्था गरिएको व्यवस्थाको विरोधमा उनीहरुले आज हड्ताल गरेका हुन्। प्रदेश सरकारले कुरा नसुनेको भन्दै उनीहरुले देशभर सार्वजनिक यातायात नै ठप्प पारेका हुन्।

यात्रुहर एपमा निर्भर पर्दा राइडरहरुले भने चर्को मूल्य असुलिरहेको अहिले यात्रुहरुले गुनासो गरेका छन्। पठाओ, इन्ड्राइभ लगायत एप चलाउने राइडरहरुले धेरै भाडा लिइरहेका छन्।

प्रहरीले पनि विभिनन्न राइडसेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गुनासो आएको भन्दै त्यसो नगर्न भनेको छ। कसैले नियम विपरित चर्को भाडा लिएमा नजिकको ट्राफिक प्रहरीमा वा १०४ नम्बरमा कल गरेर जानकारी दिन अनुरोध पनि गरेको छ।