
काठमाडौं । नेपाली फुटबलका बारेमा लेखिएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण भएको छ। खेल पत्रकार हिमेश रत्न वज्राचार्यले नेपाली फुटबल इतिहासलाई समेट्दै लेखिएको पुस्तक आइतबार सार्वजनिक भएको हो।
उनको पुस्तक पूर्व फुटबल खेलाडी राजुकाजी शाक्यले सार्वजनिक गरेका हुन्। पुस्तकमा सय वर्षयताको फुटबलका विषयहरु राखिएको छ।
पुस्तकमा नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रादेखि प्रशिक्षक, लिग, क्लबहरुको उदयलगायतका विषय समावेश छन्। यसक्रममा भएका रोचक घटनाक्रमलाई पुस्तकमा उल्लेख गरिएको वज्राचार्यले बताए।
१८८ पृष्टको पुस्तक बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ५५० रुपैयाँ तोकिएको छ।