सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ

बिजमाण्डू
२०८२ जेठ १८ गते ११:२० | Jun 1, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ।आइतबार सुन तोलामा ३ सय र चाँदी तोलामा ५ रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९८५ रुपैयाँ भएको छ। शुक्रवार १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रति औंस ३२८९.८७ डलर छ। चाँदी प्रति औंस ३२.९८ डलरले कारोबार भइरहेको छ।