
काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ। भोटो जात्राको अवसरमा आजको दिन उपत्यकामा सार्वजनिक विदा दिइएको हो।
जेठ १५ गते जावलाखेलमा पुर्याइएको रातो मछिन्द्रनाथको रथबाट आज भोटो देखाइनेछ। भोटो जात्रा हेर्न काठमाडौं उपत्यकाका विभिन्न भेगबाट मानिसहरु जावलाखेल पुग्ने गर्छन्।
भोटो जात्रा हेर्न राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरु पनि जावलाखेल पुग्दैछन्। भोटो जात्रा पश्चात रातो मछिन्द्रनाथको मूर्तिलाई आजै बुंगमती फिर्ता लगिनेछ।