
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ। साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।
शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेर प्रति तोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला घटेर प्रतितोला ८९ हजार ३०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५ रुपैयाँ घट्दै प्रति तोला एक हजार ९८० रुपैयाँ आइपुगेको हो। बिहीबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला एक हजार ९९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो दिनको भन्दा थोरै बढेको छ। शुक्रबार सुन प्रति औंस ३२९५.६ डलर रहेको छ। चाँदी भने प्रतिऔंस ३३.०२ डलर छ। बिहीबार सुन प्रतिऔंस ३२७०.७५ डलर रहेको र चाँदी प्रतिऔंस ३३.२१ डलर थियो।