बाढीले चोरमारा र दुम्कीवासमा बनाएको डाइभर्सन बगायो, सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

बिजमाण्डू
२०८२ जेठ १६ गते ०८:५३ | May 30, 2025
बाढीले चोरमारा र दुम्कीवासमा बनाएको डाइभर्सन बगायो, सडक अवरुद्ध हुँदा यात्रु अलपत्र


काठमाडौं । बाढीले नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बगाएको छ। जसकारण सो सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

Tata
GBIME

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएर।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ।

अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन संचालन गरिँदै आएका थिए।