हालसम्म १९ हजार किलोमिटर सडक कालोपत्रे, कुल लम्बाइ ३६ हजार किलोमिटर पुग्यो

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:३१ | May 29, 2025
हालसम्म १९ हजार किलोमिटर सडक कालोपत्रे, कुल लम्बाइ ३६ हजार किलोमिटर पुग्यो
फाइल तस्बिर : रासस।


काठमाडौं। सरकारले २०८१ फागुनसम्म रणनीतिक सडक र स्थानीय सडक सञ्जाल गरी १९ हजार १ सय ६३ किलोमिटर कालोपत्रे गरेको छ। आर्थिक सर्वेक्षणअनुसार हालसम्म १९ हजार १ सय ६३ किलोमिटर सडक कालोपत्रे भएको हो।

Tata
GBIME

यस्तै, ८ हजार २०४ किलोमिटर खण्ड ग्राबेल गर्ने काम भइसकेको छ। यस्तै, ८ हजार ७६५ किलोमिटर कच्ची सडक बनाइएका छन्। यो सबै गरी समग्रमा सडकको लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ।

चालु आर्थिक वर्षमा (फागुनसम्म) १०७ किलोमिटर नयाँ सडक थपिएको छ। यस अवधिमा १८० किलोमिटर सडक ग्राबेल भएका छन्। साथै ३५५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ।