ठगीमा एक वर्ष सजाय सुनाइएका एमाले नेता कृष्णकुमार अर्याललाई प्रहरीले लियो नियन्त्रणमा

बिजमाण्डू
२०८२ जेठ ८ गते १६:०४ | May 22, 2025
ठगीमा एक वर्ष सजाय सुनाइएका एमाले नेता कृष्णकुमार अर्याललाई प्रहरीले लियो नियन्त्रणमा


काठमाडौं। ठगी प्रकरणमा प्रहरीले सत्तारुढ नेकपा एमालेका एक नेतालाई पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कृष्णकुमार अर्याललाई निन्त्रणमा लिएको हो। उनी नेकपा एमालेको पर्यटन विभागका सदस्य समेत हुन्।

जिल्ला अदालतले उनलाई जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवानाको सुनाएको थियो। त्यसैका आधारमा अर्याललाई सानेपाबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।