
काठमाडौं। सुनको मूल्यले बढोत्तरीमा फेरि कीर्तिमान बनाउने संकेत गरेको छ। बिहीबार सुनको कारोबार मूल्य बढेर प्रति तोला १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको भन्दा सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा एकाएक भएको बढोत्तरीसँगै सुनको मूल्यले बढोत्तरीमा पुनः कीर्तिमान बनाउन लागेको हो।
यसअघि बुधबार ५ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँ भएको थियो। गत सोमबार कायम प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा मंगलबार स्थिर रहेर कारोबार भएको थियो।
गत शुक्रबारका तुलनामा तोलामा ६ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार २ सय रुपैयाँ भएको थियो। सोमबार त्यसमा ६ सय बढेको थियो।
चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला २ हजार २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा ५० रुपैयाँ बढेर बुधबार प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ३३३८.११ डलर पुगेको छ। चाँदी प्रति औंस ३३.६७ डलरले कारोबार भइरहेको छ।
यसअघि मंगलबार प्रति औंस ३२१७.७१ डलरले कारोबार भएको सुन बढेर बुधबार प्रति औंस ३३००.३२ डलर पुगेको थियो। चाँदी पनि प्रति औंस ३२.२५ डलरबाट बढेर बुधबार ३३.०६ डलर पुगेको थियो।