बजारमा घट्यो गहनाको माग, ८८.५ केजी सुन बैंकमा स्टक, बजेट कुर्दै व्यवसायी

बिजमाण्डू
२०८२ जेठ ६ गते १५:०७ | May 20, 2025
बजारमा घट्यो गहनाको माग, ८८.५ केजी सुन बैंकमा स्टक, बजेट कुर्दै व्यवसायी


काठमाडौं। भाउ अकासिनुका साथै बजेट सार्वजनिक गर्ने मिति नजिकिएपछि बजारमा सुनको माग घटेको छ। बिबाहको सिजन भए पनि माग घटेका कारण सुन बैंकमा स्टक बसेको छ।

Tata
GBIME

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुसँग हाल ८८.५ केजी सुन स्टक छ। यो सुन चैतमा आयात गरिएको हो। स्टकका कारण बैंकहरुले आयातका लागि सिफारिस लिएका छैनन्। बैंकहरुले वैशाखयता आयातका लागि सिफारिस नलिएका हुन्।

भाउ बढ्नुका साथै नजाँ बजेट सार्वजनिक गर्ने दिन नजिकिएका कारण बजारमा कारोबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले बताए। ‘भन्सार दर घट्ने/बढ्ने कुनै निश्चित छैन। अर्को कुरा भाउ पनि निक्कै महँगो छ। त्यही कारण अहिले बजारमा गहनाको माग घटेको छ,’ उनले भने।

सुनमा भन्सार दर अहिले १० प्रतिशत छ। व्यवसायीहरुले भन्सार दर ८ प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका छन्।