
काठमाडौं। सुनको मूल्य मंगलबार स्थिर छ भने चाँदी चार दिनपछि तोलामा ५ रुपैयाँ सस्तिएको छ। सोमबार कायम प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा तोलामा ६ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ६ सय बढेर सोमबार १ लाख ८४ हजार ८ रुपैयाँ पुगेको हो।
चाँदीको मूल्य चार दिनपछि तोलामा ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार मंगलबार प्रति तोला १ हजार ९ सय ४० रुपैयाँ भएको छ। गत शुक्रबारदेखि सोमबारसम्म कारोबार मूल्य तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३२१७.७१ डलर छ भने चाँदी प्रति औंस ३२.२५ डलर छ। सोमबार प्रति औंस ३२१७.०५ डलर र चाँदी प्रति औंस ३२.३४ डलर थियो।