सुनको कारोबार मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदी तीन दिनदेखि स्थिर

बिजमाण्डू
२०८२ जेठ ५ गते १०:५० | May 19, 2025
सुनको कारोबार मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदी तीन दिनदेखि स्थिर


काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। सोमबार ६ सय रुपैयाँ बढ्दै कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Tata
GBIME

साताको पहिलो दिन सुन ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँ छ। गत बिहीबारका तुलनामा २० रुपैयाँ बढेर शुक्रबार उक्त मूल्य कायम भएको थियो। त्यसयता चाँदीको कारोबार मूल्यमा घटबढ भएको छैन।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रति औंस ३२१७.०५ डलर छ। चाँदी प्रति औंस ३२.३४ डलर छ। आइतबार सुन प्रति औंस ३२०१.२२ डलर र चाँदी प्रतिऔंस ३२.२८ डलर थियो।