सगरमाथा संवाद सफल भएको सरकारको दाबी, दोस्रो संस्करण दुई वर्षपछि

बिजमाण्डू
२०८२ जेठ ४ गते १४:२९ | May 18, 2025
सगरमाथा संवाद सफल भएको सरकारको दाबी, दोस्रो संस्करण दुई वर्षपछि
डा. आरजु राणा


काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद सफल भएको दाबी गरेकी छन्।

Tata
GBIME

उनले आइतबार सगरमाथा संवादको समापन सत्रमा जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सफल भएको बताइन्।

‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ,’ उनले भनिन्।

उनले सगरमाथा संवादका निष्कर्ष कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्नको आवश्यकतामा जोड दिइन्।

शुक्रबार सुरु भएको सगरमाथा संवादमा विभिन्न देश र संस्थाका १७५ विदेशी प्रतिनिधि सहभागी थिए। सरकारले उच्च महत्व दिएको कार्यक्रममा कुनै देशबाट पनि सरकार प्रमुख भने सहभागी भएनन्।

मन्त्री राणाले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा गर्ने जानकारी दिइन्।