
काठमाडौं। साताको पहिलो दिन सुनको भाउ घटेको छ। कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो गत शुक्रबारका तुलनामा ६ सय रुपैयाँ घटेको हो। बिहीबारका तुलनामा शुक्रबार तोलामा ३ हजार रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको थियो।
बिहीबार सुन प्रति तोला १ लाख ८१ हजार रुपैयाँ थियो। त्यसयता भाउ उकालो लागेको थियो।
चाँदीको मूल्य आइतबार प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर छ। गत बिहीबारका तुलनामा २० रुपैयाँ बढेर शुक्रबार उक्त मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव छ। आइतबार सुन प्रतिऔंस ३२०१.२२ डलर छ। एकै दिनमा सुनको कारोबार मूल्यमा २३.१७ डलरको गिरावटसहित उक्त कारोबार मूल्य कायम भएको हो।
चाँदी प्रतिऔंस ३२.२८ डलर छ। चाँदीको मूल्यमा ०.२४ डलर घटेको छ।