भारतीय लगानी आउन नसकेकामा सरकारले सोच्नुपर्ने एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ

बिजमाण्डू
२०८२ बैशाख २५ गते १९:५१ | May 8, 2025
भारतीय लगानी आउन नसकेकामा सरकारले सोच्नुपर्ने एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भारतीय लगानी आउन नसकेकोबारे सरकारले सोच्नुपर्ने बताएका छन्। बिहीबार बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्समा बोल्दै श्रेष्ठले नेपाल सम्भाव नै सम्भावना भएको मुलुक भएपनि लगानीका हिसाबले जोखिममा रहेको बताएका हुन्।

Tata
GBIME
NLIC

‘नेपालका सबै क्षेत्रमा सम्भावना छ। तर, पछिल्लो एक दशकमा नेपालमा भारतमा लगानी किन आएन सोच्नुपर्छ,’ उनले भने।  

सरकारले विकास खर्च बढाउनुपर्ने उनले बताए।

‘बजेट बनाउने तर खर्च गर्न नसक्ने सरकारले यतातिर पनि सोच्नुपर्ला। नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन पनि गर्नुपर्छ होला,’ श्रेष्ठले भने।

उनले अध्यादेशमार्फत गरिएका कानुन संशोधनको भने प्रशंसा गरेका छन्।

‘अध्यादेश जुन रफ्तारमा आयो अन्य काम पनि त्यही शैलीमा हुनुपर्‍यो,’ उनले भने। आगामी बजेटमा सरकारले नीतिगत रुपमै अर्थतन्त्र सुधारको बाटो तय गर्नुपर्नेमा श्रेष्ठको जोड छ।