तीन दशकको प्रगति : पक्की घरमा बस्ने परिवार ४० प्रतिशतमाथि, अरु सूचक यस्ता

बिजमाण्डू
२०८२ बैशाख २५ गते १४:०५ | May 8, 2025
तीन दशकको प्रगति : पक्की घरमा बस्ने परिवार ४० प्रतिशतमाथि, अरु सूचक यस्ता


काठमाडौं। देशमा केही भएन भनेर आमनागरिकमा निराशा बढिरहेका बेला सरकारले तीन दशकमा भएको आर्थिक सामाजिक विकास सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०४७ सम्मको अवस्था र त्यसपछिको तीन दशकमा भएको आर्थिक सामाजिक विकास आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको हो।

१३ वटा शीर्षक राखेर सार्वजनिक गरिएको ‘२०४७ पछिको आर्थिक सामाजिक विकासको अवस्था’मा चरम गरिबीमा उल्लेख्य सुधार आएको उल्लेख गरिएको छ। २०५२ मा निरपेक्ष गरिबी ४२ प्रतिशत रहेकामा २०८० मा आइपुग्दा २० प्रतिशतमा झरेको उल्लेख गरिएको छ।

आय र उपभोगको असमानतामा सुधार आएको छ। २०५२ मा सबैभन्दा गरिब १० प्रतिशत परिवारको आयभन्दा धनी १० प्रतिशतको आय २१ गुणा बढी रहेकामा २०८० मा आइपुग्दा धनी १० प्रतिशत परिवारको आय गरिब १० प्रतिशतको आयभन्दा ६ गुढा मात्र बढी रहेको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

सडक १२ गुणाले विस्तार भएको, विद्युतमा पहुँच हुने परिवार संख्या १४ बाट ९७ प्रतिशत पुगेको, पक्की घरमा बस्ने परिवार संख्या ११ बाट ४० प्रतिशत नाघेको, औसत आयु ५५ बाट ७२ वर्ष पुगेको लगायत तथ्यांक प्रतिवेदनमा समेटिएको छ।

यस्तो छ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन