एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन, पार्किन्सन्स रोगबाट पीडित थिए

बिजमाण्डू
२०८२ बैशाख २३ गते १७:४६ | May 6, 2025
एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन, पार्किन्सन्स रोगबाट पीडित थिए


काठमाडौं। एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। ७२ वर्षीय नेपाल केही वर्षदेखि पार्किन्सन्स रोगबाट पीडित थिए। नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

Tata
GBIME
NLIC

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए। उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।     

एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनी पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ता पनि भएका थिए। पत्रकारिता एवं साहित्य विधामा कलम पनि चलाउदै आएका थिए। नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका उनी नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए।

भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए। नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो। रासस