विज्ञापन बोर्ड अध्यक्षमा ६ जनाको आवेदन, पूर्वअध्यक्ष हुमागाईंसहित को-को छन् प्रतिष्पर्धामा?

बिजमाण्डू
२०८२ बैशाख २२ गते ०९:१४ | May 5, 2025
विज्ञापन बोर्ड अध्यक्षमा ६ जनाको आवेदन, पूर्वअध्यक्ष हुमागाईंसहित को-को छन् प्रतिष्पर्धामा?


काठमाडौं। विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंले पनि आवेदन दिएका छन्।

Tata
GBIME
NLIC

२०७७ मा उनै हुमागाईंलाई सरकारले बोर्ड अध्यक्ष बनाएको थियो। चार वर्षे कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न वैशाख ५ गते आवेदन मागेको थियो।

बोर्ड अध्यक्षका लागि हुमागाईंसहित कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पद्मराज जोशी र अनन्तकान्त मैनालीको आवेदन परेको छ। अब ६ जना उम्मेदवारहरुले तोकिएको समयमा व्यावसायिक कार्ययोजना प्रस्तुतिका साथै अन्तवार्ता दिने छन्।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाबाट विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।