प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा वार्ता, यस्तो छ छलफलको विषय

बिजमाण्डू
२०८२ बैशाख २१ गते १८:१३ | May 4, 2025
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा वार्ता, यस्तो छ छलफलको विषय


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

Tata
GBIME
NLIC

ओली र दाहालबीच आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। दुई नेताबीचको भेटवार्तामा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी भएका छन्।

ओली र दाहालबीच संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफलका लागि ओलीले वैशाख १८ गते राखेको बैठकमा प्रचण्ड अनुपस्थित भएका थिए। त्यसदिन ओलीको निम्तामा कांग्रेस सभापति शेरबहादुर देउवा भने सिंहदरबार पुगेका थिए।