लक्ष्मी इ-मोबिलिटी र जीओ अटोमोबाइल्सको आयोजनामा ‘कायी एक्सचेन्ज कार्निभल’ हुँदै

बिजमाण्डू
२०८२ बैशाख २१ गते १६:५४ | May 4, 2025
लक्ष्मी इ-मोबिलिटी र जीओ अटोमोबाइल्सको आयोजनामा ‘कायी एक्सचेन्ज कार्निभल’ हुँदै


काठमाडौं। नेपालका लागि कायी इभीको आधिकारिक वितरक लक्ष्मी इ-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘कायी एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन्।

Tata
GBIME
NLIC

काठमाडौंको थापाथलीमा (कायी शोरुममा) आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुँदैछ।

कार्निभलमा कायीका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याइने कम्पनीले जनाएको छ। कार्निभलमा पुराना गाडीसँग इ-क्युट ०२, इ-क्युट ०४ र एक्स ३ प्रो गरी कायी इभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ।

कम्पनीका अनुसार कार्निभलको मुख्य आकर्षणका रुपमा ग्राहकले ‘अन-द-स्पट’ सवारी साधन मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा २ जनाका लागि क्यूएफएक्स हलमा फिल्मको टिकटहरू प्राप्त गर्न सक्ने छन्।

त्यस्तै, कम्पनीले बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि दिने जनाएको छ। प्रत्येक बुकिङको साथमा रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ।

इ-क्युटसँग बोस जेट कार वासर र एक्सथ्री प्रोको साथ बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यस्तै, कार्निभलमा पारिवारिक मनोरञ्जन, खेलहरू र संगीत प्रस्तुत गरिनेछ।

यस कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु रहेको कम्पनीको भनाइ छ। कार्निभलले सुविधा, बचत र उत्सवहरूमा केन्द्रित हुँदै इभीका पारखीहरू र उनीहरूका परिवारका लागि मनोरञ्जनसँगै कायीका उत्पादनबारे जानकारी गराउने लक्ष्य राखेको छ।