नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट, सेयरधनीलाई पनि सुविधा

बिजमाण्डू
२०८२ बैशाख २१ गते १६:४८ | May 4, 2025
नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट, सेयरधनीलाई पनि सुविधा


काठमाडौं। नबिल बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी भएको छ।

Tata
GBIME
NLIC

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुशीलकुमार चापागाइँले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका सेवाग्राहीले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुटका साथै व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

आफ्ना ग्राहकका साथै कर्मचारी र सेयरधनीले पनि अपोलो अस्पतालमा उपचार गराउँदा छुट र आवश्यक परामर्श पाउने बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा छुट तथा सेवा प्राप्त हुनेछ। समझदारी दुई वर्षसम्म लागू हुनेछ।

बैंकका प्रमुख बजार अधिकृत सुवेदीले समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए।

‘नेपालबाट विभिन्न रोगको उपचारका लागि भारतका अस्पतालमा जानेको संख्या उल्लेख्य छ। त्यसैले बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फर्मेसन सेन्टरसँगसमझदारी गरिएको हो,’ उनले भने।