
काठमाडौं। एनएमबि बैंकले १२औँ हेरिटेज वाक कार्यक्रममार्फत नेपालको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्धन गरेको छ।
वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य समेत राखेर शनिबार हेरिटेज वाक कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।
एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भएको वाक शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगेर समापन गरिएको थियो।
नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू तथा सर्वसाधारणहरू गरी गरिब ७०० जना वाकमा सहभागी थिए। कार्यक्रमको प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ थिए।
कार्यक्रममा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणका लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँ सहयोग गरेको छ। साथै बैंकले मध्यपुर थिमि नगरपालिकाकालाई डस्टबिनहरू समेत हस्तान्तरण गरेको छ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा गरिएको बैंकले जानकारी दिएको छ।