संघदेखि स्थानीय तहसम्मको सेवामा इन्टर्न प्रयोग गर्ने सरकारको घोषणा, कमाउँदै-पढ्दै नीति लागू गरिने

बिजमाण्डू
२०८२ बैशाख १९ गते १६:३० | May 2, 2025
संघदेखि स्थानीय तहसम्मको सेवामा इन्टर्न प्रयोग गर्ने सरकारको घोषणा, कमाउँदै-पढ्दै नीति लागू गरिने


काठमाडौं। सरकारले स्थानीय तहदेखि संघ सरकारसम्मको सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने भएको छ।

Tata
GBIME
NLIC

शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गर्ने घोषणा गरिएको छ।

सरकारले हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै-पढ्दै’ को नीति लागू गर्ने भएको हो।