
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सुरुङमार्ग, द्रुतमार्ग र ओभरपास लगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई संसद्मा प्रस्तुत गर्दै आधुनिक प्रविधियुक्त संरचना निर्माणमा सरकारले काम गर्ने बताएका हुन्।
यसैगरी, राष्ट्रिय राजमार्गहरूमा विशेष खालका पुलहरू निर्माण गरिने पनि पौडेलले बताए। साथै, सडक, रेल र जलमार्गलाई आवागमनको प्रमुख साधानको रुपमा विस्तार गरिने भएको छ।

रेलमार्गको निर्माण र विस्तारलाई निरन्तरता दिइने पौडेलले बताए। अन्तरदेशीए सडक संजालसँग आवद्ध हुने गरी प्रमुख राजमार्गहरूको निर्माण तथा स्तरोन्नति गरिने उनले बताए।
सबै सडक र पुलको संरचना निर्माणमा तीन तहका सरकारले समन्वयन र सहकार्य अनिवार्य गरिने भएको छ।
यस्तै, रुग्ण पुल तथा सडक आयोजनाहरू आगामी वर्ष पूर्ण रुपमा फरफारक गरिने पौडेलले बताए।