चेरी अटोमोबाइलद्वारा नेपाली कम्पनी एसपीजी अटोमोबाइल्सलाई ‘इभी पायोनियर अवार्ड’

बिजमाण्डू
२०८२ बैशाख १८ गते १०:२७ | May 1, 2025
चेरी अटोमोबाइलद्वारा नेपाली कम्पनी एसपीजी अटोमोबाइल्सलाई ‘इभी पायोनियर अवार्ड’


काठमाडौं। चेरी अटोमोबाइल कम्पनीले एसपीजी अटोमोबाइल्सलाई ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मान गरेको छ। चेरी अटोमोबाइल सब-ब्रान्ड ओमोडा एन्ड जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५ मा ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको हो। 

Tata
GBIME
NLIC

चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजित समारोहमा सम्मान गरिएको हो। यहीँ चेरीको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र छन्। सम्मेलनमा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई अवार्ड हस्तान्तरण गरे। 

१२० भन्दा बढी देशका ३ हजारभन्दा बढी डिलरहरूको सहभागिता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर दिएको कम्पनीले जनाएको छ।

सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए र चेरी इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति थियो।

एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको कम्पनीको भनाइ छ। यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटी) प्रवर्धनप्रति आफ्नो प्रतिबद्धता र सक्रियतालाई उजागर गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

ओमोडा एन्ड जेइको सन् २०२४ मा नेपालमा ‘ओमोडा इ-फाइभ’ इभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो।

‘नाडा अटो सो २०२४’ मा यसको स्टाइलिस सब-ब्रान्ड ‘जेको जे-सिक्स’ इएसयुभी प्रस्तुत गरेको थियो। एसपीजी अटोमोबाइल्सले पहिलो वर्ष मै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेकोका गाडीहरू बिक्री गरिसकेको जनाएको छ।