जापानी राजदूतले भेटे काठमाडौं महानगरका मेयर बालेनलाई, सहरी विकासका अभ्यासबारे छलफल

बिजमाण्डू
२०८२ बैशाख १८ गते १०:११ | May 1, 2025
जापानी राजदूतले भेटे काठमाडौं महानगरका मेयर बालेनलाई, सहरी विकासका अभ्यासबारे छलफल


काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले भेट गरेका छन्।

Tata
GBIME
NLIC

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको महानगरले जनाएको छ।

भेटका क्रममा प्रमुख शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएका छन्।

राजदूत तोरुले काठमाडौं र जापानका सहरबीचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरेका छन्।