आजको मौसम पूर्वानुमान : देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने

बिजमाण्डू
२०८२ बैशाख १८ गते ०७:३१ | May 1, 2025
आजको मौसम पूर्वानुमान : देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने


काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ।

Tata
GBIME
NLIC

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। देशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। केही स्थानमा आंशिक बदली हुनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।