
काठमाडौं। सरकारले गभर्नर नियुक्ति सिफारिस समितिलाई पूर्णता दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले सिफारिस समितिलाई पूर्णता दिएको हो।
समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य चयन गरिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए।
सिफारिस समिति सदस्य डा. विजयनाथ भट्टराईले समिति छाडेपछि अधिकारीलाई सदस्य तोकिएको हो।
अर्थमन्त्री संयोजक रहने समितिमा अर्का सदस्य विश्व पौडेल छन्। सिफारिस समितिले पूर्णता नपाउँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।