मोदीका विश्वासपात्र चौथाईवाले नेपालमा राजनीतिक भेटघाटमा, आरजुले भनिन्- वार्ता फलदायी

बिजमाण्डू
२०८२ बैशाख १७ गते १९:०७ | Apr 30, 2025
मोदीका विश्वासपात्र चौथाईवाले नेपालमा राजनीतिक भेटघाटमा, आरजुले भनिन्- वार्ता फलदायी


काठमाडौं। नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमख विजय चौथाईवाले राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

Tata
GBIME
NLIC

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाईवाले नेपाल आएलगत्तै राजनीतिक भेटघाटमा सक्रिय भएका हुन्। उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

चौथाईवाले देउवा र आरजुलाई बुढानीलकण्ठ पुगेर भेटेका थिए। परराष्ट्रमन्त्री राणाले चौथाईवालेसँगको भेटवार्ता फलदायी भएको बताएकी छन्। उनले दुई देशको सम्बन्ध विस्तारका विषयमा कुरा भएको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रयास गर्दा पनि भारत भ्रमणको निम्ता पाउन नसकिरहेका बेला मोदीका विश्वासपात्र चौथाईवालेले नेपाल आएर राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।

चौथाइवालेले गृहमन्त्री लेखकलाई सिंहदरबार पुगेर भेटेका छन्।